एउटा गजल उन्को नाम गरी दिन्छु आज !
वेदना को शब्द खोजी भरी दिन्छु आज !!
सँगाले थे टुक्रा मनको केवल उन्कै लागि,
उन्लाई खुशी मिल्छ भने छरी दिन्छु आज !!
पहिला तानी वर वर, अहिले जाउ भन्छे,
बस्दिन म मनमा उन्को, सरि दिन्छु आज !
फुल बनि फुल्दा पनि, सकिन रिझाउन,
होस बरु ओइलाएर, झरी दिन्छु आज !