बर्ण झैं ढुंगाको, नटुट्ने माया होस्,
शिला झैं कञ्चन, नफुट्ने माया होस् ।
हाँसो र नासो जति छन् बाडौ हामी,
प्याँसी झै जोबन नलुट्ने माया होस् ।
मायाले बाँध्छ संसार मायाले मन,
गोली झैं नालको नभुट्ने माया होस् ।
गल्ति छन् र त सिकिन्छ ज्ञान धेरै,
मेशिन झै गल्ति नखुट्ने माया होस् ।