हामि सगै बस्नु पर्छ डेरा सर्न पर्खि राख
तिमि सगै जाउलानि म, मेला जान पर्खि राख
सबै लाई दुख पर्छ यांहा, तिमि किन आत्तिएकि
हरात गछ्यौ तिमि किन, सगै मर्न पर्खि राख
उन्नति र प्रगतिका बाटाहरु धेरै नै छन्
तिमि हामि दुबै मिलि, सुभाष छर्न पर्खि राख
मलाई माया गछ्यौ भने, मेरो बिस्वास गर मैया
अबस्य नै आउने छु म, सिउदो भर्न पर्खि राख ॥