विश्वभर व्यापारिक, शिक्षण, सरकारी तथा अन्य संघसंस्थाहरुले आफ्नो सञ्चालन प्रणाली लिनक्समा परिवर्तन गर्ने क्रम बढिरहेको छ। त्यसतै गरी अन्य कामकाजमा प्रयोग हुने सफ्टवेयरहरु पनि खुला तथा स्वतन्त्र प्रयोग गर्न थालिएको छ। यसरी खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नुको कारण के हो त? यस सम्बन्धी केहि छलफल गरौ।
१. खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरु सित्तैमा पाइन्छ। यी सफ्टवेयरहरुलाई ईन्टर्नेटबाट कुनै शुल्कबिना डाउनलोड गरि प्रयोग गर्न सकिन्छ। त्यस्तै यी सफ्टवेयरहरुको चाहेजति प्रतिलिपी बनाउन सकिन्छ जुन सुबिधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरहरुमा छैन।
२. लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफुले चाहेजस्तै परिवर्तन गरि चलाउन सकिन्छ।
३. लिनक्सका लागि इन्टर्नेटमा रहेका न्युजग्रुप तथा फोरुमहरुमा उच्चस्तरको सहयोग पाउन सकिन्छ। विश्वभर छरिएर रहेका लिनक्सका बिकासकर्ता तथा अन्य प्रयोगकर्ताहरुले लिनक्समा आइपरेका कुनै पनि समस्याहरुलाई अत्यन्त कम समयमा समाधान गरिदिन्छन्।