भाइवहिनीहरु हो, तिमीहरुले नेपालका पचहत्तर जिल्ला मद्ये तेह्रथुम जिल्लको नाम त सुनेकै हौला । तेह्रथुम पूर्वी पहाडी जिल्ला अन्तरगतको कोशी अञ्चलमा पर्ने एउटा जिल्ला हो ।
केही साल अघिको कुरो हो कुनै गाउँको एउटा सानो परिवारमा कुशल नाम गरेको एउटा केटो थियो । कुशल अति नै चंचले स्वभावको केटो थियो । तर चंचले स्वभावको भए पनि वद्मास भने चाँही थिएन ।
पढाईका साथसाथै कुशल खेलकुदमा पनि उत्तिकै चाख लिन्थ्यो । पढाई र खेलकुदको अलावा उसको एउटा अर्को शौखको विषय पनि थियो । त्यो हो साहित्य सिर्जना । उसले साहित्य सिर्जनालाई अरु भन्दा पनि अलि बढी महत्व दिँदै आएको थियो । अरुका सिर्जना पढ्ने मात्र होइन ऊ आफू पनि लेख्ने गर्थ्यो । फुर्सदको समय कविता, कथा, गीत र गजल लेखेर बिताउँने उसको बानी थियो । विध्यालयमा हुने विभिन्न साहित्यिक प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएको थियो । उसले त्यस्ता प्रतियोगिताबाट थुप्रै पटक पुरस्कार तथा प्रमाण पत्र पनि हाता पारेको थियो ।
तर दुःखको कुरो के थियो भने कुशलको घर केही दुर्गम गाउँमा पर्दथ्यो । घर नजिकै विध्यालय पनि थिएनन । उसले विध्यालाय जानलाई मात्र दैनिक रुपमा झण्डै तीन चार घण्टा जति हिड्नु पर्थ्यो । जस्ले गर्दा विध्यालय गएर पढ्न उसलाई ठूलै समस्या परेको थियो । विध्यालय टाढा भएकै कारणले उसले दिनहुँ जसो कक्षा नै छुटाउनु पर्थ्यो । झरिवादल परेको वेलामा त ऊ विध्यालय जानै सक्दैनथ्यो । झरिवादल परेका दिन उसले थुप्रै पटक कक्षाको पढाई छुटाउनु पर्दथ्यो । झन हाट वजार जान त उसको घरबाट झण्डै दिनभरि नै हिड्नु पर्थ्यो । विहान वजार गएको मानिस साँझमा मरितरी गरेर मात्र घर आइपुथ्यो ।