(१)
शान्ति !
तिम्रोलागि मरिहत्ते गर्नेहरु,
असीमित माया गर्नेहरु ,
चाहनामा छटपटाउनेहरु ,
थुप्रै थुप्रै थिए यहाँ l
तर .........
तर तिमि त चटक्कै छोडेर गयौ l
अनन्त यात्रामा निक्लिए झैं ,
अफ्नाहरुलाई पनि धुरु धुरु रुवाएर ,
आफू पनि डाँको छोड्दै गयौ तिमी,
शायद ,कहिल्यै नफर्कने गरेर ?
(२)
तथाकथित महामनाहरुले ,
अति निर्दयता र निर्ममता पूर्वक
ढोका थुनेर कुटे तिमीलाई l
बारुद ,बन्दुक र हतियारले,
नाङ्गो आक्रमण गरे तिमीलाई l
तिम्रो शरीरभरि नीलडामै नीलडाम भयो l
तर तिम्रो क्रन्दन कसैले सुनेन l
तिम्रो प्रलापलाई कसैले बुझेन l
कङ्कला शब्दले चिच्याइरह्यौ तिमी l
तिम्रो आवाजलाई कुल्चेर दबाइदिए l
त्यसैले त बस्नै नसकेर गयौ तिमी,
शायद, कहिल्यै नफर्कने गरेर ?
(३)
नराधमहरुले निर्वस्त्र नाङ्गो पारे l
चिथोरे,कोपरे र रगतपच्छे बनाए l
पटक पटक तिम्रो अस्मिता लुटिरहे,
निसहाय भएर रोइ रह्यौ ,रोइ रह्यौ l
तिम्रोलागि,कोहि बोलेनन् l
यसको बिरुद्धमा कोहि चिच्यायेनन l
सबै मुक दर्शक मात्र भएर उभिइरहे l
असहनीय पीडाले तिमी छटपटाइ रह्यौ l
तिमीलाई कसैले सहानुभूति देखाएनन् l
खपिनसक्नु भएर त गयौ तिमी ,
शायद, कहिल्यै नफर्कने गरेर ?