नमर्दै म हरियो बाँस ठिक्क पारे हुन्छ ।
बिरालाले बच्चाझैँ पाईला अन्तै सारे हुन्छ ।
मेरो लाश कात्रोले बेर्न बाँध्न नपाउँदै,
मासु कोच्दै मुखमा आँशु थोरै झारे हुन्छ ।
गरेपनि चियो ति मलामीका नजरले,
दन्किएकै चितामा खुशी तिम्ले खारे हुन्छ ।
नचाहेनि सम्झन आउला थोरै मेरो याद,
छिट्टै काँडे तारले बाटो पुरै बारे हुन्छ ।