फूललाई रुवाएर
प्रेमको बिसौनीमा
सुखको पसर
बाँडिन्छ रे अचेल!
आफैँ हराएर निराश भएको दिन!
आफैँलाई निचोरेर
रगतका थोपा थोपा
र
काटेर मासुका चोक्टा चोक्टा
खाएर अघाईन्छ रे!
झोक्का झोक्का रहरका बतासले
भुवा झैँ
मन उडाएर बतासै थाकेको दिन!
फूललाई रुवाएर
प्रेमको बिसौनीमा
सुखको पसर
बाँडिन्छ रे अचेल!
आफैँ हराएर निराश भएको दिन!
आफैँलाई निचोरेर
रगतका थोपा थोपा
र
काटेर मासुका चोक्टा चोक्टा
खाएर अघाईन्छ रे!
झोक्का झोक्का रहरका बतासले
भुवा झैँ
मन उडाएर बतासै थाकेको दिन!
अरबको बालुवामा डढ्दैछन् रे
मेरा प्रिय दाजुभाई
गाउँका भोका पेटहरु
अनि नाङ्गा आङहरुको तस्वीर
आँखामा झलझली नचाएर।
उनीहरुले मलिलो पसिनाको खोलो
मरुभूमितिरै बगाईरहँदा
धाँजाधाँजा भएर बाँझिरहेका छन्
गाउँका खेतहरु
अनि रुखिरहेका छन्
बारीका ति पाटाहरु।
प्रिय! तिमी एकछिन विश्राम गर!
म पनि विश्राम गर्छु।
हिँड्दा हिड्दै धेरै हिंडिएछ
दर्केझरी र उखरमाउलो घाम पनि नभनि!
त्यसैले त थाक्नसम्म थाकिएछ।
प्रिय! एकछिन विश्राम गरौ न ल!
प्रिय! तिमी पनि त थाकिसक्यौ होला
बडो जोडसँग पाईला अघि बढाउँथ्यौ
चाहे कुनै उत्सबमा होस्,
वा आफन्तकै मृत्यु शोकमा नै किन नहोस्,
आफ्नो गन्तव्यहिन यात्राप्रति पूर्ण बफादार भएर!
तिमी पनि एक्लो!
म पनि एक्लै!
पट्यारलाग्दो गन्तव्यहिन यात्रा!
दोबाटोमा भएको अकल्पित भेट!
पलाएको उमगं!
खुशीको सन्चार!
आहा! क्या थ्यो है!
मायाँले
निरीह आखाँले एकपल्ट सरसर्ती टोलाएरै हेर्यो
र आखाँ चिम्ल्यो ।
सायद सधैँका निम्ति !
मुटु चुडेझैँ भयो ।
हृदय छियाछिया र विक्षिप्त !
चारैतिर निष्पट्टता !
कलिलो घाम
दिनभरको दौडधुपले
राता निस्तेज भएर
पृथ्वीलाई अँध्यारोमा पारी
साँझ आफ्नै ठेगानामा फर्केझैँ
जिन्दगीमा अँध्यारो रात दिएर गयो ऊ ।
कहिल्यै उज्यालो नजन्माउने रात !
निष्पट्ट कालो रात !