पेट भर्नलाई की त काम हुनु पर्छ!
बोली मिठो या त सलाम हुनु पर्छ!
रात त्यसै रंगीन त कहाँ हुन्छ र!
मातै चढ़ने थोरै त जाम हुनु पर्छ!
असल कर्म गर तिमी लक्ष्य लीई!
अमरत्व पाउनलाई नाम हुनु पर्छ!
हावा चल्छ पात हल्लिन्छ किन?
बसेको त्यहाँ पक्कै राम हुनु पर्छ!
पेट भर्नलाई की त काम हुनु पर्छ!
बोली मिठो या त सलाम हुनु पर्छ!
रात त्यसै रंगीन त कहाँ हुन्छ र!
मातै चढ़ने थोरै त जाम हुनु पर्छ!
असल कर्म गर तिमी लक्ष्य लीई!
अमरत्व पाउनलाई नाम हुनु पर्छ!
हावा चल्छ पात हल्लिन्छ किन?
बसेको त्यहाँ पक्कै राम हुनु पर्छ!
रात पछि शान्ति निभ्ने बिहान हुनु हुन्न ।
अराजकता पोषण गर्ने विधान हुनु हुन्न ।
होस गर कानुनका रक्षा गर्ने बैरी तिमी ।
देशद्रोही र भ्रष्टाचारी सम्मान हुनु हुन्न ।
देश अनी जन्ताको मर्म केहो बुझ तिमी ।
धेरै भए त्यस्तो अब वलिदान हुनु हुन्न ।
आफ्नै माटो प्यारो तर, वैर हुन्छ धेरै नै ।
जन्मभूमि हामीलाई नै बिरान हुनु हुन्न ।
माया र प्रेम रहित, शहर म कहाँ खोजूँ ।
लोभ, ईर्ष्या, मेटाउने, जहर म कहाँ खोजूँ ।
सधै हुन्छ पीर यही, शांति पाऊँ कसोगरी ।
अतितमा चुकेको त्यो प्रहर म कहाँ खोजूँ ।
छाएको छ देश भरी अन्योल र अत्याचार ।
शांति झन्डा फ'राउने लहर म कहाँ खोजूँ ।
छाती भरी देश लगाई, सहीद भए सपूत ।
आमा प्रति मरी जाने, रहर म कहाँ खोजूँ ।
सपनीमा अचेल म टुक्रिएको देश देख्छु ।
नरोकीने पाऊहरमा नोकीला ठेस देख्छु ।
रक्षक नै भक्षक भए कसको भर पर्नु खै ।
सबैकान चिरिएका साधूकोझैं भेष देख्छु ।
विदेशीन कहर छ कस्ले बुझ्छ पीरमार्का ।
युवा छैन त्यहाँ केवल फूलेको केस देख्छु ।
असल पाऊ बढ्यो भने प्रवृति छ तान्नेकै ।
राम्रो अब लोप भयो दुश्ट मात्र शेस देख्छु ।
अ-सहनीय पीड़ा पछी वेहोसीमा छू म ।
कसलाई दिऊँ दोष आफै दोषीमा छू म ।
बग्नु परे बग्छु आफै आँशु भेलमा परी ।
न सताऊ पापी संसार संतोषीमा छू म ।
मोनभई हेरी रहें, दुनियाको कर्तुतहरू ।
बोले पाग़ल, भन्छन खामोसीमा छू म ।
माया बस्यो अन्जानमै सुम्पिदिएँ सबै ।
जाली रहेछौ नबुझेर अफ्सोसीमा छू म ।
निर्मूल पार्न न सकेनी घटाऊँन त सकिन्छ ।
एक्लै लड भन्दीन हात बटाऊँन त सकिन्छ ।
हामी एकतामा बाँधिएर युवाशक्ति उठ्नु पर्छ ।
देश-द्रोही को गुठ्बन्दी फटाऊँन त सकिन्छ ।
हाम्रै हात मा छ सबै दिमागले काम गर्नु पर्छ ।
भुंडी पलटाई बस्ने लाई, हटाऊँन त सकिन्छ ।
स्वाभिमानी नेपालीको लाज अब राख्नु पर्छ ।
निस्वार्थले राम्रो मान्छे खटाऊँन त सकिन्छ ।
अस्मिता हाम्रो लुटिनेछ अँझ हाम्ले नसोंचेत ।
त्यस्ता पापीलाई लोपो चटाऊँन त सकिन्छ ।
जन्म दिने आमा लाई नचाऊँदैछ राजनीति ।
गरीबको खून,पसीना पचाऊँदैछ राजनीति ।
जातजातिको आगो सल्काई देश भरी हाम्रो ।
भाई भाईमा रडाको नि मचाऊँदैछ राजनीति ।
जनताको खून पसीना बाउको हो ठान्छन ।
गुंडागर्दी देशद्रोहीलाई बचाऊँदैछ राजनीति ।
कुर्चिकै पछी सबै आफ्नै दुनो सोझाउनलाई ।
हाम्रो देशको मेरुदण्ड भचाऊँदैछ राजनीति ।
खुकुरीमा आउनु धार लगाऊँनुछ अब !
सुतिसके राष्ट्रनायक जगाऊँनुछ अब !
कति दुःख कष्ट गर्ने हामी नेपालीले !
खेदोलगाईं खाड़ीतीर भगाऊँनुछ अब !
बेला यो ऊँदोबगाई ऊँभो तीर खोज्ने !
कर्णालीमा त्यीनिलाई बगाऊँनुछ अब !
त्यागौं तेरोमेरो सबै निस्वार्थ भई यहाँ
साँचो राखी ,झूटोलाई डगाऊँनुछ अब !
दैव तिम्ले मान्छेको के जुनी बनायौ?
घात गर्छन् स्वार्थी अनी खुनी बनायौ!
बनाउन यो सृष्टि तिम्रै हात छैन भने!
किन देउता ?ढुंगा पुज्दै छूनी बनायौ!
दैव पूजें केही पाईन सोध्छु के रच्यौ?
माहाजालमा हेर!कस्तो बुनी बनायौ!
यतीधेरै घात हुन्छ यो पापी संसारमा!
अर्को जुनी नदेऊ भन्दै रुनी बनायौ!
जब बुझेर अन्जान बन्छन् त्यहाँ!
गाउँ, शहर सम्सान बन्छन् त्यहाँ!
देश लुट्नेको ताँती छ हेर अचेल!
हो गरिबकै चिहान बन्छन् त्यहाँ!
लास कुचेर ठुला बन्दछन् त्यीनी!
भिरे बन्दुक बल्वान बन्छन् त्यहाँ!
साँचो बोल्छ,झूटोले पोल्छ भन्छन्
सत्य भित्ताका कान बन्छन् त्यहाँ!