दश नंग्रा खियाऊँदानी भाग् टर्छ आफ्नै ।
हरेक राती यही सोंचले प्राण हर्छ आफ्नै ।
हारेको त छैन, आत्माविस्वास बलियो छ ।
दृढ विस्वास पाखुरामा, मात्र भर्छ आफ्नै ।
भर कसैको पर्नु हुन्न" पौरखी हुनु पर्छ ।
स्वाभिमानी त्यो हुन्छ जस्ले गर्छ आफ्नै ।
धनले गरीब भए पनी मनले गरीब नहौं ।
त्यहीं स्वर्ग त्यहीं आनन्दको घर्छ आफ्नै ।
आत्मा सँधै स्वच्छ राख्नु माया-प्रेम भरी ।
दुःख पीड़ा नदेऊ नत्र आत्मा मर्छ आफ्नै ।