मन भरी पाप बोकी गंगा स्नान किन?
झूटो आस्था बोक्नेलाई सम्मान किन?
मान्छे नै राक्षस यहाँ अरु किन खोजूँ?
हैन भने मान्छे गर्छन, रक्त पान किन?
ह्रदय खोलीदेऊ जेजे दिन्छौ दुःखीलाई
लोभगरी मन दुखाई दिन्छौ दान किन?
दुःखी अनी असक्तको दुःख देखौं सुनौं
नदेख्ने आँखा र, ,नसुन्ने कान किन?