बाटो तिम्ले थुनेको भए म किन आउथे र ।
ईशारा तिम्ले नगरेको भए म किन धाउथे र ।।
तिम्रो मन मन्दिरमा सजियर बस्न नपाएको भए
एकान्तमा याद बनी सधैं किन छाउथे र ।।
माया प्रेम् का गीत हरु धेरै नै लेखे मैले
संगीत तिम्ले नभरेको भय गीत कहाँ गाउथे र ।।
उजाडिएको मेरो जिन्दगीमा हरियाली लीई आयौ
तिमी नभए सनसारको सारा खुशी मैले कहाँ पाउथे र ।।