कती खुशी पायौ तिमीले पलपल रुवाएर
रातदिन आसुँहरुले मेरो मुख धुवाएर ।।
तस्बिर फ्याक्यौ फोहरमा, सड्दै छ अजभोली
नाम निसान त मेटिन्न, तस्बिर्लाई कुवाएर ।।
घाइते भएको मुटु आज, छट्पटाउदै छ चोट बिच
मनमा तिम्रो शान्ती मिल्यो ?,मलाई चोट खुवाएर ।।
तोड्नु थियो बाचाहरु, छोड्नु थियो मेरो साथ
किन खान लायौ कसम, भगवानलाई छुवाएर ।।
जादै छु धेरै टाढा, देख्ने छैनउ कहिलेपनी
मृत्युको खबरले मुस्कुराउनु, हर्षआंसु चुवाएर ।।