उनी कड्किइन् "अझै तिमीले मेरो पिछा छोड्याछैनौ ?",
मैले कुनै अपराधीले अपराध गरेझै मुन्टो निहुराएँ । मेरो नरम पनको फाइदा उठाएर उनी फेरी कराइन् , "तिमी यहाँबाट जान्छौ की मान्छे लगाउँ ?" छिया परेको मुटु अनी आँखाभरी आसुँपार्दै उन्लाई हेरी मुस्कुराएँ ।
उनको रिसले सिमा पार गरेछ क्यार, फुलन्देवीले झैँ आफ्नै हात उठाएर मलाई हिर्काउने कोशीस गरिन् , मैले कुनै प्रतिकार गरिनँ ।
उनको हात एक्कासी रोकियो शायद उनलाई मेरो माया लागेछ क्यार, "सरी" भन्दै मन्द मुस्कान छरेर बाटो लागिन, मैले उनलाई हेरिरहेँ, आँखाले देखिन्जेलसम्म, एकोहोरो....