एकाबिहानै हल्ला चल्यो पल्लो गाउ को धन बहादुर को छोरा ,राम लाई भुसिया ले खुट्टामा टोक्यो रे । सबैजना डराए कतै भुसियाले आफ्नै बच्चाहरुलाई पनि टोक्ने होकी भनेर । एकै छिन्मा मान्छेहरु भेला भए धन बहादुरकामा । २-,४ युबाहरु राम लाई लिएर अस्पाताल गए उपचार गराउन । बाँकी बुडापाका शहित केही युबाहरु गाउमा मिटिङ बसे । मुखिया बाले निर्णय गरे, "अब यो भुसियालाई ,फलामे साङ्लोले बाधेर राख्नु यस्को अन्तिम सास रहुन्जेल सम्म ,फेरी यस्ले कसैलाई टोक्न नपाओस" । युबा लागे कुकुर को खोजिमा ,घेरा हाले चारै तिरबाट । फेला पर्यो भुसिया । समात्न अगी बडे युबाहरु । भुसियाले भुक भुक गर्दै बिन्ती गरेछ आफ्नो स्वत्न्त्रताको माग गरेछ ,युबाहरुले छलफल गरेछन के गर्ने भनेर ,सोचेछन । नयाँ नेपालमा हामी पनी भुसियालाई माफि दियर नयाँ कामको सुरुवात गरौ न त ? भुसियालाई माफि दिएछन युबाहरुले । सुनिन्दैछ आज् भोली भुसिया स्वतन्त्र भाछ रे !जाहा मन लाग्यो तेही खुट्टा उचालेर पिसाब गर्न मै ब्यस्त छरे , भुसिया कुकुर ।