बदनको भार मैले धन्दा-धान्दै बित्यो रात
चुमी ओठ अंगालोमा बान्दा-बान्दै बित्यो रात
जलेका थ्यौं राप भित्रै बन्दा हामी मदहोशी
जे-जे भन्यौ सारा कुरा मान्दा-मान्दै बित्यो रात
तन्द्रा भंग बेहोशिमा छलछम अति नै भो
यत उति पछ्यौरी त्यो तान्दा-तान्दै बित्यो रात
जता छोयो त्यतै त्यतै काउकुती मान्यौ प्रिया
सुम्सुम्यऊने अंग तिम्रो छान्दा-छान्दै बित्यो रात