जस्ले लुट्यो देशै यहाँ त्यै सम्मान भईरह्यो
हानथाप सत्ताको नै तानातान भईरह्यो
सम्झौता यो झेल्नु कती? आशाहरु जगाएर
लाचारिको सम्झौता नै ब्यबधान भईरह्यो
तस्कारीको हालिमुली देशद्रोही जताततै
मान्छे आँफै श-शंकित भयमान भईरह्यो
तानाशाहि शोषणको धावा बोल्ने देश भक्ती
मान्छे, मान्छे हुन खोज्दा अपमान भईरह्यो