खुसी खोज्दा खोज्दै लुटिएको मान्छे म
आफ्नै भाग्यसँग ठगिएको मान्छे म
किनारा छोई बग्ने नदी झैँ जिन्दगी
बगेर खुसी मेरा आत्मा भो बन्दकी
बाँच्ने आशा सबै रित्तिएको मान्छे म
आफ्नै भाग्यसँग ठगिएको मान्छे म
शीशा झैँ टुक्रियो मुटु कस्ले सक्छ जोर्न
भावीको लेखान्तलाई न त सक्छु मेट्न
दैब पुज्दा पुज्दै आष्था टुटेको मान्छे म
आफ्नै भाग्यसँग ठगिएको मान्छे म