फूल फुलेको बागमा चाँदनीको माधुरी।
हर्हर हवाको चाल शितल फूल हिल्छन् फर्फरी॥
जल्छ चंचल कल्कलाई चाँदनीमा झल्कने।
एक बुल्बुल बोल्छ मीठो प्रेमको ताना दिने॥
पातका बुट्टा परेका घाँसका सौन्दर्यमा।
एक युवति ढल्किएकी बोटमा आनन्दमा॥
फूल फुलेको बागमा चाँदनीको माधुरी।
हर्हर हवाको चाल शितल फूल हिल्छन् फर्फरी॥
जल्छ चंचल कल्कलाई चाँदनीमा झल्कने।
एक बुल्बुल बोल्छ मीठो प्रेमको ताना दिने॥
पातका बुट्टा परेका घाँसका सौन्दर्यमा।
एक युवति ढल्किएकी बोटमा आनन्दमा॥
‘के हो अहो! अमृत त्यो सुरदेव पान?’
‘सच्चा कमाइ गरिखानु भनेर जान।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ।’
‘पाइन्न शान्ति किन हो? कुन ठाउँ मिल्छ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर।’
‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ? पढनु के? गुरु को बनाई?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन्।’
‘कर्तव्य के छ जनको, यति छन् विरोध?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध!’
‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।’
ज्यादै थाकेँ हे ईश्वर !
भेँडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घर
यो विचारको शराप-
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसूँला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ !
फेरि मरणपछि कुमारीचोक बहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
बेकोदाली-जीवन न कि परिश्रमको शराप
मीठो भन्नु चुरुम चुरुम आफैँ फल्ने घाँस ।
नटिप्नु हेर कोपिला!
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानि हो!
दया र धर्म भाग्दछ।।
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ।।
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ।
धूलो नफेक्नु नानि हो!
उडेर भित्र ढाक्दछ।।
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ।।
क. एशियाली जागृति–युग–शिशु
हामी उषासुत नयपाली
हामी हिमालय–तनय पिपासु
चढेन चुचुरा करमाली।
ख. हामी बुद्धका भूका उद्भिज
जानकी–फूलका मधु–आली,
अरनिकोका अङ्गुल–ज्योति,
पृथिवी–नारायण बाली।
ग. त्रिभुवनका हौं स्वप्न सुनौला,
महेन्द् उपवन पौधाली
बाघहरुका जोरी–पारी हुँ,
प्रजातन्त्रका पहराली।
घ. मानवताका ढुक्कुर–कुर्लन,
कल्पन डाँफे–रङ्गजाली,
मुनिका समाधिहरुको कुसुमको
सुगन्ध लहर हुँ हैमाली।
दुःखको लामो सडकमा
पीरको केही छडकमा
चल्दथे 'टुक टुक टुकू !'
आफूजस्तै लाख हेरी
बेला-बेला
पार्न साजा ध्येयध्वनि नै मानवी डरबाट फेला
जसको आत्मा रस-घुट्को
पथमा चल्दै'टुक टुक टुकू !
'टुक टुक टुकू!'
डाक्टरहरुले मानव-मुटुमा स्टेथोस्कोमा कान थापी
एक रोमान्टिक अर्थ लाउँथे
'लबढब! लबढब' बोल्छ रे त्यो
भन्ने मिथ्या खूब फिजाउँथे!
मानो लभ्को कोही ढुक्कुर, स्वप्नदलमा नीड बनाई
बोल्छ भाइ !
शिरी फरादका स्वप्न गाई!
मेडिकल विज्ञान मिथ्या भन्न कर लाग्यो मलाई!
यो रोमानी अर्थ लाई !
१.
मखमल कोमल घाँस फुलेका
गिरिको रसिलो सुन्दर काख
पातहरूको हरियो छतमा
चिरबिर छिरबिर चिडिया लाख।
निर्मल गाढा नीर गगनका
टुकडाहरू छन् बुट्टादार
पश्चिम लाली, पूर्व छ जाली
बादल-पर्दा चित्राकार।
एक अकेली, नयन-उज्याली,
बदन हँसिली, गाला लाल,
हलुका घुँघर घना मनमोहन
चुम्वित, सरस, सुभाल।
चाल स्वतन्त्र अकेलापनको
खुला उज्यालो बेयाद
फुल्दो यौवन हाँसिरहेको
पूर्णकलामा, यस्तो चाँद।
छमछम चुरीहरू क्रीडा गर्छन्,
चमचम हँसिया चल्छ छरीत
बिउँझी रोदनमा कलिलो
मधुरो उषाको मोहनीमा।
बैंस-वसन्त विहार सपना
कुसुमाकरको ध्वनिमा।।
प्रेम चकोर, जुनेली जादू,
शराब नशामा, चमक नजरमा।
सुन्दरमा सब, विशाल विलासी
सुखमा, कोमल स्पन्दनमा।।
नव नव झल्का, देश बिराना
अभिलाषाका उच्च उडान।
अौपन्यासिक रङ्ग र लहरी
हलुका मुटुको हलुका गान।।
कर्म-क्षेत्रको जोश नवीन
वस्तुहरूको जोख र तौल।
पयर दुवैका भरमा निर्भर
चौडा जगत स्वतन्त्र मोल।।
सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।।
बिउँझी सोध्छन् युवक उज्याला,
'के गर्छौ तिमी हे घाँसी ?'
बोल्दछ घाँसी, 'सामल केही
बटुलिरहेछु', मृदु हाँसी ।।
'कस्तो सामल ?' 'बाटो लाग्नु छ
एक अकेला दुनियाँमा ।
कोही छैनन् दिलमा झल्क्यो
हात खियाई हँसियामा ।।
बेची सँगाल्दछु दुई तिन पैसा
धारा पाटी राख्न छ मन ।
यहाँ नरोपे कसरी फल्दछ
क.
सूर्यकी दुहिता! चन्द्रकी भगिनी!
ए युवती! गर स्नान!
ख.
अनार पालुवा लाल रहन्न
थाक्दछ बुलबुल गान!
समयले सुन्दर स्वपना सहन्न!
टुट्दछ रेशम तान!
ग.
यस पोकाम बिच्छी पस्छन्,
साँप हिलामा बस्छन्।
मैला बेहोशीका क्षणमा
क्रूर जहरले डस्छन्
धोई राख्नुपर्दछ यस्तो
रातो रेशम थान!
घ.