(१)
जय जगदीश्वर ! मनको रहमा,
शून्य गगनमय भित्री तहमा,
पलपल शीतल कलना-लहरी
कलकल गर्छन् ठहरी ठहरी ॥
(२)
मधुर ध्वनिको श्रवण-विवरमा
रेखा खिचियो पञ्चम सुरमा ।
जति–जति डुबिकन हेर्दछु भित्र
उत्ति-उति मिल्दछ भाव पवित्र ॥
(३)
प्रमुदित तेही भाव तमाम
गर्छ नखीको कोमल काम,
जसले गर्दा बारम्बार
झम्कन थाल्यो हदय-सितार ॥
(४)
नासा-पुरमा थरि थरि महक
कसको - कसको पाई बहक
लहबरी खेल्दै चहचह गर्छ,