म त हजुर गाउको मान्छे, गाउकै कुरा गर्छु
भिर, पाखा, खोला, नाला, ठाउकै कुरा गर्छु
सोझो मान्छे, सिधा कुरा सत्य साचो सुन
मलाइ मेरै पौरख प्यारो, नाउकै कुरा गर्छु
सबै लागे परदेश तिर दुख खोज्छौ भन्दै
म त हजुर बिर पुर्खाको, साउकै कुरा गर्छु
म त हजुर गाउको मान्छे, गाउकै कुरा गर्छु
भिर, पाखा, खोला, नाला, ठाउकै कुरा गर्छु
सोझो मान्छे, सिधा कुरा सत्य साचो सुन
मलाइ मेरै पौरख प्यारो, नाउकै कुरा गर्छु
सबै लागे परदेश तिर दुख खोज्छौ भन्दै
म त हजुर बिर पुर्खाको, साउकै कुरा गर्छु
सगरमाथामा चढनेहरु सबै तेन्जीग,पासांग,हुदैनन्
न त जुनको ताबेई,एडमन हिलारी मात्र चढछन
कोहि-कोहि राजनीति गर्नेहरु पनि पुग्छन
टुप्पो भन्दा पनि माथि कहाँ पुग्छन पुग्छन
सबै पुग्न नसक्ने ठाउमा पुग्छन उनीहरु
तेन्जीग,पासांग,जुनको,एडम पुगेभन्दा माथि
सगरमाथा धेरै माथि हुनेगर्छ त्यसै त
तलबाट बोलेको,कुर्लेको केहि सुनिन्न
न पहाडीहरूको च्यातिएको दौरासुर्बाल देखिन्छ
न मधेसीहरुको फाटेको धोतो देखिन्छ
अरु त अरु सेर्पाको बक्खुको मयल पनि देखिन्न
थारु,लिम्बी,पोडे,चमार,मगर,कसैको केहि देखिन्न
आजकल घन्टाघर समय भन्दैन
हरेक घण्टा डाको छोडेर रुने गर्छ
टांग..तांग.. गर्दै धर धरी रुन्छ
भन्छ संबिधान चाहियो चाहियो रे
यो अन्तरिम संबिधान चाहिएन रे
विधिको शासन माग्छ रुदै रुदै
फुलिदै फुलिदैन,कति प्रयास गरे
बरु जान्छु भन्छ बानेस्वर घेर्न
६०१ को झाको झार्छु भन्छ
नागरिक अधिकार स्थापित गर्छु अरे
गुण्डाराज अन्ते गर्न जाउ पनि भन्छ
जनता कुर्लिदा नेताहरु लुक्दै बसे
कार्यकर्ता जम्मा पर्दै भुक्दै बसे
देश बनाउने नारा दिएकोले मात्र
तर सोझा जनताहरु चुक्दै बसे
आसा छैन नेता भनाउदा बाट
सारा संसार नेतालाई थुक्दै बसे
देशको सिमाना लुट्दै छिमेकी
देश भक्त नेपालीहरु झुक्दै बसे
के गरु, मन हुदा नि लेख्न पाइन् हजुर
मन त थियो तर टाइम भइन् हजुर
अहिले यत्ति पढी दिनुस हौसला है
भने जस्तो भने छदै छइन् हजुर
फेरी, बिन्ति गरे मलाइ सुझाब है त
मन पर्ने जस्तो भने ल्याइन् हजुर
म्याड़ले लेख्यो सानो पागलपन मात्रै
लेखे लेख्न तर गज़लकार होइन हजुर
भो,आमा म बन्दुक बोक्दीन
न बम,बारुद बनाउछु
न एम्बुस थाप्छु
आमा,अब म राइफल चलाउदीन
सामन्तीको मुटु थर्काउने त्यो बन्दुक थन्काउनुस
मलाई मजदुर,किसानको लागि लड्न बन्दुक चाहिदैन
मैले बुझे,सामन्तीको पछीलागि गरिबको उत्थान हुदैन
राज्य सत्ता फुत्काउन बन्दुक भिर्नै पर्दैन
अब,म कलम उठाउछु,मसि भरि-भरि हिर्काउछु
तपाइको हातमा बन्दुक हुदा जन्मेको म
बारुद,गोलि,राइफलको सिरानी हालेको म
तपाईले आफ्नै दाजु-बाऊ मार्दा पनि केहि बोलिन
आफ्नै बाबुको हत्या हुदापनि एक थोपा आसु झारिन
अब म कपि बोक्छु,सामन्तको कमजोरी खोजि-खोजि लेख्छु
केहि गर्छु भनेर खुट्टा उचाल्दै ठिक्क भो
fbमै मस्त भुलियो तर अब त दिक्क भो
आजकल अलि परै बसिन्छ भन्दा पनि
गज़ल बनाउछु भने फेरी खिस्सिक्क भो
खै को छन् को छैनन् यो fbमा भनु मैले
आफ्नै बेहाल भएकोले गला हिक्क भो
अन्तिममा माफी दिक्दारी पोखेकोमा
म्याडनेस खोज्दै आफै मिलिक्क भो
आसु रोक्दा रोक्दै खस्यो
मुटु भक्कानिदै गर्दा,
रोक्दा रोक्दै गर्दा ,
खसेका थोपाहरु
कतिलाई आश्चर्य
कतिलाई उत्पेरेणा
झन् झन् बर-बर झरे
सत्रुहरुको उत्सब सुरु गर्दै
मित्रहरुको मुटु चस्काउदै
आत्मबिस्वासको सगरमाथा भत्काउदै
हिम पहिरो झरे जस्तै
सबै गिटुमुटाउदै,उधोतिर लाग्दै
कविता र गज़ल हरु चोर्न पाउनु पर्छ
कपी-पेस्ट दायाबाया गर्न पाउनु पर्छ
लेखेरै त ठुलोमान्छे को पो बन्या छ र
एउटा लेख अर्कैनाममा हेर्न पाउनु पर्छ
मान्छेहरु गजब हजुर चोर्ने लेखक बन्ने
तलपट्टि लेख्नेको नाम फेर्न पाउनु पर्छ
कति होलान चोर्नेहरु नांगे झार गर्ने गरौ
सरको लेख अरु नाममा फोर्न पाउनु पर्छ
नेता गिरि गर्दै मन्चमा भुक्नेलाई सलाम
नछोड भाई भन्दै आफै लुक्नेलाई सलाम
भ्रस्टाचारी छोड्नु हुन् ल्याउ खोज साथी
देशको बिग्रदो हाल देखेर दुख्नेलाई सलाम
कालोबजारि गर्दै धन जम्मा गर्ने कता लुके
फताहाहरुलाइ पिट्न बाटो ढुक्नेलाई सलाम