थोरै साथी पागल
अनि थोरै म
संगै मिसाएर पागलपन
घुम्दैफिर्दै
अझ धेरै बटुल्दै
शान्त तलाउमा छाल खोज्दै
मरुभूमिमा हरियाली रोप्दै
चैतलाई मङ्सिर ठान्दै
खहरेलाई थुन्ने प्रयास
सुर्यलाई छेक्ने कोशिष
सुनामी हिमाल पुग्ने आसमा
तर धरातल जहाको त्यही
सधै अपरिवर्तित यथार्त
अभाबका गुन्ताहरु पन्छाउदै
घुम्तीहरु सोझाउन खोज्ने,
नदीलाई कुलो ठाने,
हिमाललाई तराईमा झार्ने,
यस्तै यस्तै चेष्ठा