उमेर जव बढेर आयो कुर्कुर जवानी
फूलको पत्र देखेर पनि फुर्फुर जवानी
सपना भित्र कल्पना भयो प्रेमको महल
सिमल भुवा बनेर उड्यो भुर्भुर जवानी
सहेलीहरु नजिक आई अनौठो गर्दामा
आँखामा प्यास बोकेर हेर्दै तुर्तुर जवानी
शिरीस पनि गुलाव लाग्ने बैशको ज्वालामा
मनको तातो रापले भयो हुर्हुर जवानी
निर्मल मन अल्लारे पन हुँदामा चन्चल
सबैका लागि तिर्सना बढ्ने मुर्मुर जवानी