दिन समाप्त भयो, रात; अचाल्की चिसोसंगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसंगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसंगै सुति सक्छिन । अचानक उनको मन भरि अतित पोखिन्छ ; सम्झिन्छ, पहिलो श्रीमती राममाया अकालमै बितेपछी निस्सार जीन्दगी बाच्नुको आफैमा कहालीलाग्दो लाग्छ,आफैमा दबाव महसुस गरि दोस्रो ल्याए, बुढेशकालमा छोरीको धनि पनि भए तर एउटा कुरा संकोच छ समाजले गर्दा । श्रीमती बोल्न सक्दिन लाटी छे,तर मलाई कुनै पर्वाह थिएन । अस्ति पनि पल्ला घरकी पार्वती साहिलिले नानाभाती गौरुको बारेमा भन्दा मन कुटुक्क भाचिएको थियो । सोचाइको तीव्र चापले कोल्टे फिर्न मन लाग्दैन । रबुलाललाई सोझोपनसंगै चिरपरिचित दुखहरुसंग हातेमालो गर्दै संघर्ष गर्छ । सुतेको छोरीलाई हेर्छ टुपुक्क निदाएकी छे,। झ्याल छेउको टुकी निभ्न लागेको हुदैन तर उसको मन घरिघरि निभ्न खोज्छ समयको किम्दन्तिले । अप्ठ्यारो स्तिथिमा उसले कुनै सपना देख्दैन, बिहानीको पहिलो प्रभात मुस्कुराएर आउछ आँगनभरि तर दिन आउदैन । उ अनेक प्रहर काममा लगनशील छ, जति नै बिरमिपनामा पनि काम मा नै जोतिनु उसको मौलिकपन हो,। समयको किनारामा व्यतित हुन्छ उसको जीवनरेखा कामको चटारोहरु बीच । उ किसानी मान्छे हलो र कोदाली नै उसको सबभन्दा मिल्ने साथी । परिवार पाल्नुको एउटै विकल्प थियो खेति किसानी । उ छोरी लै औधि माया गर्छ ममताको कुनै कसर बाँकि राख्दैन । लालिमा ६ महिना पुगेर ७ मा लाग्छिन तर पनि उसमा कुनै सामान्य शिशुवास्थाका बच्चाहरु जस्तो लालिमा ६ महिना पुगेर ७ मा लाग्छिन तर पनि उसमा कुनै सामान्य शिशुवास्थाका बच्चाहरु जस्तो व्यबहार हुदैन अलि सुस्त छिन । लालिमा अति सुकोमल फुल जस्ती छे, आँखा फिटिक्क परेका छन्,फुक्लुक्क परेको गाला छ हेर्दै सौन्दर्यले परिपूर्ण । रबुलाल छोरीसंग कु..कु ..हा...देखि हट..घोडा हट सम्म खेलहरु क्रमश रुपमा खेल्दै खेलाउछ । एक बेलुकी रबुलाल बारीको आधा जति काम सकेर घर तर्फ आउदै गरेको हुन्छ, उसको भेट गाऊकै चाप्लुसी आइमाई बुतुकी संग हुन्छ । बुतुकी रबुलाललाई बाटो छेकेर नै कुराको शिलशिला अघि बढाउछे, छोरीको हालखबर सोध्छे अनि कालिगौरिको कुरा निकाल्दै भन्छे "छोरी त्यति राम्री छे ३२ गुणले युक्त, फेरी आमा संगै राख्नाले एउटा गुणको कमि होला आमा जस्तै बोल्न नसक्ने लाटी ।" रबुलाल बुतुकिको कुरा सुनी खुसुक्क रिसाउछ, त्यो कुरा बुतुकिले थाहा पाउदिन । अझ कुराको तारतम्य अघि बढाउछे अन्त्य सम्ममा छोरीलाई अरु नै कुनै ठाउँ स्पष्ट बोलि आउनजेलको लागि लगेर राख्ने सल्लाह दिन्छे ।