एउटा यस्तो पवित्र सपना समेटेर आयौ;
गोधुलीमा घाम र जुनलाई भेटेर आयौ ;
प्रेमपथको अग्निपरीक्षामा डोहोरिनलाई
अन्जान मनको सीमारेखा मेटेर आयौ ;
सस्तैमा रहरहरु संगालेर दिए अन्जुलिमा ;
आफैलाई तिमी प्रेमखण्डमा घचेटेर आयौ ;
अविश्वासले डराए प्रेमका सम्बन्ध गाँस्न ;
तिमीले प्रमाणित गर्न हत्केला रेटेर आयौ |