कोहि उल्टो बोलेर खप्पिस मानिन्छन्
रातदिन धोकेर खप्पिस मानिन्छन्
हुलमुलमा सद्दे देखिने नारद हरु
कुरा बडा पोखेर खप्पिस मानिन्छन्
पानाभरी सपना र थोरै कल्पनाका
बिघ्न चाहा कोरेर खप्पिस मानिन्छन्
स्नेहको बहार ल्याउछन खालि थोरै जो
धेरै याद छोडेर खप्पिस मानिन्छन्