आशाको दीयो बल्दैन मेरो तिमी नै नभए ।
ओठमा मुस्कान फल्दैन मेरो तिमी नै नभए ।
बहन्छ्यौ सधै बनेर रगत यो नशानशामा
धड्केर मुटु चल्दैन मेरो तिमी नै नभए ।
बिर्सन्छु सारा दर्दका कुरा बाहुमा कसिंदा
दुखका प्रहर ढल्दैन मेरो तिमी नै नभए ।
हाँसेर जिबन बाँचौला संगै मरौंला संगसंगै
चितामा आगो जल्दैन मेरो तिमी नै नभए ।