भन्दिन एक्लै-एक्लै छु,
सधै समयको टिक-टिक संग-संगै म हुन्छु
भन्दिन कोहि छैन मेरा,
नित् आफ्नै मौन छायाँ संग-संगै म डुल्छु
आज एक्लै छोडी देउ जुन-तारा मलाई,
नपक्छ्याऊ सधै-सधै
किन ? किन्चित आभास हुन्न,
हरपल प्रेमिल पबनको आलिँगनमा म हुन्छु - !
भन्दिन एक्लै-एक्लै छु,
सधै समयको टिक-टिक संग-संगै म हुन्छु
भन्दिन कोहि छैन मेरा,
नित् आफ्नै मौन छायाँ संग-संगै म डुल्छु
आज एक्लै छोडी देउ जुन-तारा मलाई,
नपक्छ्याऊ सधै-सधै
किन ? किन्चित आभास हुन्न,
हरपल प्रेमिल पबनको आलिँगनमा म हुन्छु - !
अँध्यारो छ जताततै प्रकाश छर्न सकिएन
राम्रो त जून लाग्छ बसाइँ सर्न सकिएन
बगैँचा छ नयनमै हरियाली वरिपरि
बहलिँदै त्यतातिर चर्न पनि सकिएन
नदीपारि माया गयो एक्ली भएँ नदीवारि
धारदेखि डराएर पारि तर्न सकिएन
धेरै गरे बिन्तीभाउ गाली पनि अलिअलि
जे लेखेथ्यो विधाताले स्वयं हर्न सकिएन
आँखा भयो भरीभरी मन भयो छियाछिया
सम्झी उसलाई सँगसँगै मर्न पनि सकिएन
विचार गर, सोच
म समृद्ध भएँ भने कैयन् पटक ठग्न सक्छौ मलाई
ठग्नुअघि सोच्दा वेशै हुन्छ होला
एक माघले जाडो जाने हैन आखिर
पुष त फेरि पनि आउँछ तुषारो डाक्दै
चिमोट्ने माघ लिएर
आफन्त गोमनहरू
खूब सोच, गम खाउ डस्नुअघि
म तिम्रो विषले मरिनँ भने
पटकपटक डस्न पाउँछौ मलाई
एउटा औँशी छलेर फगत
अँधेरी सबै रात छल्न सकिन्न क्यारे
रात त आइरहन्छ भयलार्इ बोकेर
र, तिम्रा तृष्णाहरूलाई छिन्नभिन्न पार्छ
मायाका माझीहरू !
क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी
न मुस्कुराउँछन् यी ओठहरु, न सजिलै मर्छ जीवन
न त्याग्न सकिन्छ उनलाई, न सजिलै चल्छ जीवन
टुक्रिएका सिसा झै छन् जीवनका कुरूप तस्बिरहरू
न जोडिन्छन् ती फेरि, न रोकिन्छ बग्न यो जीवन ।
सायद समुन्द्र हो जीवन
अनि म किनार - !
सायद समुन्द्र हो जीवन
अनि तिमी छाल - !
सायद समुन्द्र हो प्रेम
अनि म प्रेमीका
सायद छाल हो प्रेम
अनि तिमी साधीका
किनार र छाल हामी
क्षणिक नाता यो
किनार र छाल हामी
विछोड नै विछोड यो
विह्वल छु म
तिम्रो प्रतिक्षामा सधै
अघीर छु यो
तिम्रो मिलनमा सधै
छाल हौ तिमीलाई
फर्कनु पर्ने बाध्यता
किनार हुँ म
प्रतिक्षा गर्नु पर्ने विवशता
केहि दिन मन लाग्छ रित्तिएर
प्रियसी उ मेरी
केहि दिन मन लाग्छ सिद्धिएर
छोरी उ मेरी
अन्तर केवल
दिनु अनि दिनु नै थियो
अन्तर केवल
रित्तिनु र सिद्धिनु नै थियो
आत्मै देखि रित्तिदैछ उ
प्रियसीको लागि
भौतिक रुपमा सिद्धिदैछ उ
आफ्नी छोरीको लागि
अन्तर केवल
माया अनि माया नै थियो
अन्तर केवल
मेरो सिंगो खुसि बन्यौ तिमी,
आँखा खुल्योकि टुट्ने
मीठो सपना बन्यौ तिमी,
मेरो पागल प्रित बन्यौ तिमी
शीतको थोपा झै फुट्ने
अतृप्त चाहना बन्यौ तिमी,
मेरो रित्तो बिपना बन्यौ तिमी
आँशु नै आँशुले लेखिएको
वियोगान्त कथा बन्यौ तिमी
दोष पुरूषको नि थियो लाञ्छना पाउने नारी भो
मेरो माया तिमीलाई किन धरतीभन्दा भारी भो
तिम्रा लागि रोपेको थिए सुन्दर गुलाबको बोट
हेर्नेका आँखामा किन त्यो फगत काँडा घारी भो
धेरै थिए गुणहरू तिम्रा बैगुनहरू त बिर्सिसके
तिम्रो याद जति मेरा दुःख बिर्सने छहारी भो
बर्षो बगे तिम्रो दिलमा कोशी भई फैलिएर
आखिरमा तिम्रो मुटु भिज्दै नभिज्ने टारी भो
कसलाई भनु म शहिद, मृत्यु-दण्ड दिई झुण्डाईयो, जसलाई
कसलाई भनु कर्मबिर, देशका लागि रगतका बगाए,उसलाई
या जिउदै मर्न बिबश ती, सहिदका आमा र बिधवाहरुलाई
या ब्यर्थै झुन्डाएका, ती मास्टर र उनका परिवारलाई - !