सम्हाली राख मैले कोरेका यी शब्दहरु
एकांकीमा कहिले तिम्रो मुटु छुन सक्छ
सम्हाली राख मैले कोरेका यी मायालु भाकाहरु
असह्य भै अनायासै आशुँ झर्न सक्छ
मेरा ब्यथाहरु शब्दमा ब्यर्थ लाग्छ भने
स्मृतिका पानाबाट मेट्ने प्रयाश गर
मेरो साथ तिमीलाई दुर्घटना लाग्छ भने
बिडम्बना सम्झी भुल्ने प्रयाश गर
सम्हाली राख मेरा यी प्रितिका गीतहरु
कुनै दिन जीवनका कथा बन्न सक्छ