लाश हुँ म रिस गर्दै कुटे पनि के भयो त
जिन्दगी त सिसैसिसा फुटे पनि के भयो
बाँच्ने रहर छदै थियो पिरतीले मार हान्यो
माया गर्छु भन्नेहरु छुटे पनि के भयो त
घृणालाई हाँसी हाँसी प्रेम गर्छु भने जब
छियाछिया मुटु मेरो टुटे पनि के भयो त
रोई रोई थाकेका छन् बादलसरि आँखाहरु
साथी मेरो अश्रुधारा, लुटे पनि के भयो त
बिश्वासको झिनो डोरी टुटेपछि हामी बीचको
चोइटिएको मुटु जोडी खुटे पनि के भयो त