पानी झै पो हो कि जीवन
बेरंग अनि बेस्वाद - !
पानी झै पो हो कि जीवन
चंचल अनि निस्वार्थ - !
कुवाँ बनि जमी दिन्छौ तिमी
प्यास सबैको मेटाउने बनि - !
ताल बनि बगी दिन्छौ तिमी
सुन्दरताको प्रति-मुर्ति बनि - !
खहरे बनि गर्जि दिन्छौ कहिले
बिद्रोही दुष्मन झै बनि - !
समुन्द्र बनि फैली दिन्छौ कहिले
शान्त अनि गम्भीर प्रेमी झै बनि - !