तरंगीत मन शान्त हुन्छ आज,
एकपल्ट बुद्धका ती आँखालाई नियाली हेर
बसन्त पलाउछ, डढेको मुटुमा आज,
एकपल्ट शान्तिका संदेशलाई गमि हेर - !
मानस त़प, शान्तिका जप, सास्वत हुन्छ तब,
जब बहिरिन्छौ हामी कुरूप बिचारहरुबाट
बिचारमा तर्क, आँखामा मर्म, धर्म बन्छ तब
जब तडपिन्छौ हामी अरुको घृणा र पीडाहरुबाट
संकल्पको दियालो जलाऊ मन मनमा आज
निभ्न दिन्न दयाको चिराग भनि