सोध्यौ प्यारा, तिम्रो वचनले के गर्यो
कोमल छातीमा गोलीले जे गर्यो
बोल्यौ मीठैमीठै ती ओठ पनि मुस्कुरायौ
मायाको नक्कली मुस्कानले के गर्यो
भेट्यौ रोजैरोजै यात्रा पनि सँगै गर्यौ
आधीबाटोमा छोड्ने साथीले के गर्यो
पियौ सँगैसँगै लागे जस्तो पनि गर्यौ
होशमै हुँदा बेहोशी मान्छेले के गर्यो