बोल्दैनौ किन म संग आजकल
कुरा खोल्दैनौ अन्तरमनका आजकल
जीवनका नियतिका बहावमा टाढिदैछु पलपल
बहाना व्यस्तताको बनाई बदलिदैछौ आजकल - !
बोल्दैनौ किन म संग आजकल
कुरा खोल्दैनौ अन्तरमनका आजकल
जीवनका नियतिका बहावमा टाढिदैछु पलपल
बहाना व्यस्तताको बनाई बदलिदैछौ आजकल - !
भगवान जान्दिन तर नित्य पूजा जान्दछु
मोक्ष जान्दिन तर जीवनको नश्वरता जान्दछु
नसोध पटक पटक माया लाग्छ भनेर ?
माया जान्दिन तर तिम्रो रिक्तता जान्दछु - !
प्रेमिल युगलाई अभिशप्त पार्न, जन्मन्छन् राबण
आदर,भक्ति,सेवामा उत्सर्ग हुन, जन्मन्छन् श्रबन
लक्ष्य, संकल्प, कुटनीति सिकाउन, जन्मन्छन् अर्जुन
आतंकको आफ्नै चक्र-ब्यूहमा फसेर मरेछ लादेन- |
सत्ययुगमा पनि थिएँ म
त्रेता, द्वापर युगमा पनि खडै थिएँ
कलियुगको उषाकालमा, सिद्धार्थको शिरमाथि
आज जस्तै जडै थिएँ
मैले त्यसयुगमा पनि
खडा हुनु थियो
अग्लिएर बडा हुनु थियो
जो थाक्थे यात्राले वा
सूर्यको प्रचण्ड रापले
तिनलार्इ सुस्ताउन ‑ सियाँलको
पिउँ लाग्ने घडा हुनु थियो
कतै एक्लै र कतै वरसँग
कतै जंगलमा र कतै घरसँग
उसैगरी खडा छु म
मानिसहरू उसैगरी निहुरिन्छन् मेरो फेदमा
र प्रत्येक शनिवार
मैले तिमीलाई मन पराएँ
पत्यार गरेनौ
तिमीलाई माया गरे
पत्यार गरेनौ
तिम्रा दुःखहरूमा दुखे
त्यो पनि पत्याएनौ
तिम्रा पौरख र प्रगतिमा गीत गाएँ, नाचे
अहँ त्यसलाई पनि विश्वास गरेनौ
तिम्रो नाम लेखे बाँसमा, ढुंगामा, दलिनमा
घरका भित्ताहरू र खाली ठाउँ जताततै
तिमीलाई देखाएँ एकदिन
तिमीले सब नाटक हो भन्यौ
तिमी दृष्टियुक्त दृष्टिविहीन बन्यौ
अविश्वासमा बानी पर्दै गयो तिमीलाई
जिउँदो लाश बनेछ कोहि,जिन्दगीको आगोमा जल्नका लागि
धोखाका कुम्लो बोक्दैछ कोहि, छल कसैको लुकाउनका लागि
सायद - ! एक विद्वानको मानसिक मृत्यु भएछ आज
रित्तित्दैछ पिउदा-पिउदै कोहि,चरित्र-हत्याका गाथा छुपाउनका लागि ।
मुग्ध थिए मन भित्र भित्रै
कसैले मन मनै चाह्योकि भनि
डुब्दै थिए परेलीका ती सगर भित्रै
उनको विश्वास जितेकी भनि !
बाटो अघि अघि उ हिड्दै थियो
पछि पछी पाईला,म उनको गन्दै थिए
बिस्तारै बिस्तारै सुर्यास्थ हुदै थियो
पछि पछी छाँया,म उनकै खोज्दै थिए !
उ केहि कविता आज कोर्दै थियो
म शब्द उनको बन्दै थिए
उ केहि माया आज खोज्दै थियो
म उनको धड्कन बन्दै थिए !
मरुभूमि झैँ हुन्छ मन
सुक्खा-सुक्खा, चिरा-चिरा
माया बिनाको बन्जर छाती
खाली खाली, आधी आधी
किन लाग्छ मलाई
कापेका छन् ती ओठहरु केहि बोल्न
किन लाग्छ मलाई
गाला भरिका धर्साहरु मुस्कुराउदैछन् मुटु खोल्न
तिम्रा सोचका पर्खालहरु
डगमगाए झैँ लाग्छ किन मलाई
तिम्रो आखाँ भरिका बिस्वाश
पलाएँ झैँ लाग्छ किन मलाई
अनायासै भेट्दा उनलाई
हडबडाउछु किन किन
चित्र भित्र देख्दा उनलाई
सरमाउछु किन किन
नसोध मलाई
किन धड्किन्छ मुटु, नाममा उनको बारम्बार
नसोध मलाई
किन रुन्छ आँखा यादमा, उनको बारम्बार
प्रतिक्षाको प्रेमिल क्यालेन्डर उनि
हरदिन नायाँ, हरदिन जवान उनि
मनको ढोकामा
किरिरी किरिरीको
मीठो पुकार
आजकल हरप्रभात बज्दैछ निरन्तर
उत्सुकतापूर्ण हातले
जसै उघारेँ
ओठहरु मुस्कुराए मेरा
लाग्यो ढोकाबाट थोरै घाम छिरयो
आँखाहरु रसाए मेरा
मानौ लामो खडेरीपछि वर्षात भयो धरतीमा
कौतुहलले स्पन्दित भयो छाती
मानौ निद्राबाट कसैले ब्युँझाइदिएको होस्
आधी उघ्रेको ढोकामा
कुनै पुरूष उभिएर
फिस्स हाँस्दैछ मसंग
कहाँ छौ तिमी, कस्तो छौ तिमी
जहाँ छौ तिमी, मेरै छौ तिमी
सुस्केराको भाकाले बोल म संग
पीडा मृत्युको खोल म संग
व्यथाले मुटु कति जल्यो होला
आगोले तिमीलाई कति पोल्यो होला
मरेर बिऊतिन फेरी मिल्ने भए
भोगेका पीडा भन्न मिल्ने भए भए
रोइ-रोइ पीडा सुनाउथ्यौ होला
म सुन्दा-सुन्दै मर्थे होला