तिमी माया मेरो,मुटु भन्दा नजिक
तिमी छाँया मेरो, आँखा भन्दा नजिक
तिमी स्मृति मेरो, अनुभूति भन्दा नजिक
तिमी स्पन्दन मेरो, जीवन भन्दा नजिक - !
तिमी माया मेरो,मुटु भन्दा नजिक
तिमी छाँया मेरो, आँखा भन्दा नजिक
तिमी स्मृति मेरो, अनुभूति भन्दा नजिक
तिमी स्पन्दन मेरो, जीवन भन्दा नजिक - !
हरेक न्यास्रो साँझले पीडालाई निम्त्याउछ ढु:खी भएर
मदिराको हरेक चुस्किले पीडालाई भुलाउछ ढु:खी भएर
नचोईटि मुटु कसैको,पीडाको जन्म कहाँ हुन्छ र मायाको
निभेको दियोले प्रतिक्षाको अधिरतालाई दर्साउछ ढु:खी भएर - !
सम्पुर्ण प्रेमीहरुको
समर्पण हुने दिन रे आज
प्रेममा समर्पण भई
मुटु साट्ने दिन रे आज
साटेर सुटुक्क मुटु,
प्रेममा बाधिने दिन रे आज
साटेर आस्थाको चिनो,
मायाको बाँचा गर्ने दिन रे आज
प्रेमका सागरमा डुबी,
संग-संगै बहने दिन रे आज
तेसैले
नसम्झ कुनै आफ्नालाई आज
पानी झै पो हो कि जीवन
बेरंग अनि बेस्वाद - !
पानी झै पो हो कि जीवन
चंचल अनि निस्वार्थ - !
कुवाँ बनि जमी दिन्छौ तिमी
प्यास सबैको मेटाउने बनि - !
ताल बनि बगी दिन्छौ तिमी
सुन्दरताको प्रति-मुर्ति बनि - !
खहरे बनि गर्जि दिन्छौ कहिले
बिद्रोही दुष्मन झै बनि - !
समुन्द्र बनि फैली दिन्छौ कहिले
शान्त अनि गम्भीर प्रेमी झै बनि - !
मदहोस झै हुन्छु,
उनको ब्यक्क्तित्वलाई नियाल्छु जब
आकासलाई चुम्छु, क्षितिजलाई छुन्छु,
उनको सामु जब म हुन्छ
आशामा पौडन्छु, कल्पनामा दौडन्छु,
उनको चित्रलाई नियाल्छु जब
पटुकीबाट त्यो ऐना झिक्छु,
सुर्यलाई हेरी खिसिक्क हास्छु
त्यो परिधि भित्र उनलाईनै देख्छु
त्यो परिपक्क बैश,त्यो झरेका केश,
त्यो सभ्य भेष, यो मायालु परिबेस
म मुग्ध हुन्छु त्यसै त्यसै
उसको छबी मेरो सामु हुन्छ जब
टाढा टाढा कता छ उ कुन्नि
जन्ती भन्दा मलामी बढी जाँदा
शरीर मात्र हैन, मनै खरानी हुदा
अचेतन, उच्छवास लिन्छु म किन्चित
सन्त्रास भित्र दिवास्वप्नका शिशा बोक्दा- !
माया दिएकै थिएँ महसरि
तिमीले मेरो मुटु माग्यौ
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य, दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भनेथे
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म
समय दिएकै थिएँ सुनसरि
तिमीले मेरो निद माग्यौ
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ
न मिल्ने गाउन, न सुनाउन मिल्ने
यो कस्तो अनौठो गीत
नलुकाउन सक्ने नदेखाउन मिल्ने
यो कस्तो अनौठो प्रित
कहिले गाउछन् यी ओंठहरु,
सम्झेर उनको माया
कहिले हास्छ्न् यी आँखाहरु
कल्पेर उनको कायाँ
कहिले बहकिन्छ मुटु
सोचेर मनको यो मीत
कहिले तड्पिन्छ मुटु
तरंगीत मन शान्त हुन्छ आज,
एकपल्ट बुद्धका ती आँखालाई नियाली हेर
बसन्त पलाउछ, डढेको मुटुमा आज,
एकपल्ट शान्तिका संदेशलाई गमि हेर - !
मानस त़प, शान्तिका जप, सास्वत हुन्छ तब,
जब बहिरिन्छौ हामी कुरूप बिचारहरुबाट
बिचारमा तर्क, आँखामा मर्म, धर्म बन्छ तब
जब तडपिन्छौ हामी अरुको घृणा र पीडाहरुबाट
संकल्पको दियालो जलाऊ मन मनमा आज
निभ्न दिन्न दयाको चिराग भनि
तिमीबाट टाढा हुनु पर्छ भने
तिम्रो मुटु छुनु पर्छ मैले
टाढैबाट नियाल्नु पर्छ भने
सामुन्ने नआऊ भुल्न पर्छ मैले
आँखा नजुदाऊ आँशु बग्छ अहिले
छलेर आँखा तिम्रो रुनु पर्छ मैले
बहाना नबनाऊ मुटु जल्छ अहिले
छोडेर तिमीलाई जानु पर्छ मैले
झन् झन् ब्यथा चर्कन थाल्यो
बिर्सन खोज्दा माया बढ्न थाल्यो