जुनु जुनी सम्म पनि
तिमीलाई पाउने चाहमा
पुनपुन जन्म लिई
तिम्रो प्रतिक्षा गर्न सकुँ म
नश्वर शरीर यो
नरहे पनि मेरो
आकृति बनी तिम्रो
आखाँमा रहन सकु म
सहयात्री हुन नसके नि
तिम्रो जीवनको....!
स्पन्दन रहे सम्म तिम्रो मुटुको
जुनु जुनी सम्म पनि
तिमीलाई पाउने चाहमा
पुनपुन जन्म लिई
तिम्रो प्रतिक्षा गर्न सकुँ म
नश्वर शरीर यो
नरहे पनि मेरो
आकृति बनी तिम्रो
आखाँमा रहन सकु म
सहयात्री हुन नसके नि
तिम्रो जीवनको....!
स्पन्दन रहे सम्म तिम्रो मुटुको
'छोरी मरी ठुलो घर परि' भन्ने यो उखान किन
मर्नु नारीको नियती होइन, फेरी यो विभेद किन
छोरि, प्रेमिका, पत्नी, आमा, प्रिय हर रुपमा यिनी
अधिकार लिऊ अधिकाले नै लुकेर 'बकस' किन - !!!
जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
हरेक ऋतुका फूलहरु संग पैचो मागी
केहि रंग तक्राउछु तिमीलाई !
इन्द्रेणीको सप्तरंगी रंग चोरी
केहि रंगाउछु तिमीलाई !
आफ्नै जीवनका ऊमंग र खुशीहरु घोली
केहि रंग वर्साउछु तिमीलाई !
शुभ-कामाना आज
रंगिएर टक्राउन हुन्न रे मैले !
तेसैले !
अन्तर मनले रंग वर्साउछु तिमीलाई !
स्वीकार गर !