बर्षौ पछी छुट्टी मिल्यो, लड्डु फोडम् -फोडम् भयो ।
पराइको धरातल, आजै छोडम् -छोडम् भयो ।
डुब्नै लाग्या घाम जस्तै, पूज्यनीय बुबा-आमा,
बूढ्यौलीको खुशी देख्न, बाटो मोडम् -मोडम् भयो ।
निदाउने चेष्टा गर्छु, मन -मनै कुरा खेल्छ,
प्यारी उनको आँचलमा, सँगै ओडम् -ओडम् भयो ।
छोरा -छोरी संझनामा, आखै भरी झझल्को भो,
काखै राखी तोते बोल्दै, गाला जोडम् -जोडम् भयो ।