पंञ्चे बाजा बजाउने रहरै भो यसपाली।
खाली डोली सजाउने रहरै भो यसपाली।
अपरिचित दुई आत्मा नजिकिने कल्पनामा,
घुम्टो खोली लजाउने रहरै भो यसपाली।
एक्लै हुँदा दुखी भई भन्थिन् ति बुढि आमा,
बुहारी पो कजाउने रहरै भो यसपाली।
चुलो चौको गर्नु पर्दा भन्ने गर्थी दिदी पनी,
जुठा भाँडा मजाउने रहरै भो यसपाली।