आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार साब बङ्कर बाट बाहिर निस्किएर आकशतिर हेदै मलाई बोलाउँछन ।
“आँ साब पनि अब यो असार मा पानि नपरे के बर्सेला त ” नजिकै बसेको मेरो ब्याजी रामहरि प्याच्च बोल्यो अरु दुई चार जना पनि उसको जबाफ ले गलल हँस्न थाले तर मलाई भने उनिहरुको कुनै कुरा ले अकर्षण गर्न सकेन । आँखा भरि सान्नानी को मुहार झल्झली नाँचिरहेको थियो ।