अप्सरा हौकी त,स्वर्गबाट झरे जस्ती
बदामी नयनमा अनुराग छरे जस्ती
लजाएर तिमी सँग जुन हाँसेछैन
तिम्रो सामु फुल सुभास साँचेछैन
सागरको सालीनता तिम्रो अधर भित्र
साँझपनि ढल्किदिन्छ तिम्रो नजर भित्र
तिम्रो न्यो मुस्कानमा हिरा भरे जस्ती
बदामी नयनमा अनुराग छरे जस्ती
अप्सरा हौ की स्वर्गबाट झरे जस्ती
बदामी नयनमा अनुराग छरे जस्ती