छेक्यो बादलुले वरीपरी आहा
धर्ती सजाउन पर्यो झरी आहा
झुम्दै लहलह पवनैमा ब्रिक्ष
पंक्षि गाउदैछन घरीघरी आहा
फुल बसन्तमा भ्रमरा ति सारा
मिली चुम्दैछन् ति गोदावरी आहा
आउ तिमीपनी प्रकृतिमै रमाउ
हुन्छ प्रसन्नले गह भरी आहा
हुन्न अनौठो यो अनुभब गर
खुशी खोज्ने पनि थरीथरी आहा