समस्या छताछुल्ल यै मैदानमा छ ।
समेटेर राख्नु पर्ने संविधानमा छ ।।
अट्छ के त मागहरु थुप्रो ठुलै ला छ ।
कत्ति नि कम हुँन्न रे आफ्नै अडानमा छ ।
शहीदका ईच्छा भन्दै धेरै खेल भयो ।
देखेका तिनका सपना तिनकै चिहानमा छ ।
गरे के चै हुन्न कत्रा कत्रा पहाड गल्छ ।
कसैलाई चिन्ता होला कोई सुरापानमा छ ।