के लेखौं ,भावना र एथार्थ को कसमकसमा ,आजको हाम्रो राष्ट्रियपरिवेश र त्यसको अवस्था सृजना गर्ने सायद हामीहरु स्वयम त होइनौं ?
देशको बिकराल अबस्था घट्ने भन्दा मा चुलिंदै गैरहेको असमझदारिता ,एक अर्का माथि गरिने लाल्छना ,जसको स्वतःस्फूर्त असर पिंधमा देखिनु ।पिँध केलाई भन्नु होला भने राजनैतिक दल भनौं या व्यक्ति जमातको पिँध आम हामी जनता न हौं ।
भन्ने गरिन्छ ,कुनै राज्नैतिकं दल या नेताहरु राम्रो असल भए पो देश बिकसित हुन्छ ।समाज उन्नत हुन्छ ।तर भन्न मन लाग्छ वर्ग ,संगठन,दल समूह तथा यस्तै नामाङ्कृत जमात को वास्तबिक मेरुदण्ड हामी नैहौं ।र हामीहरु बन्दै छौं नितान्त 'अन्धो भक्त' ।आजको यो जर्जर अबस्थाको पक्षपाती हामीहरु हौं ।नेतावा दलहरु होइनन् । अन्धो भक्त मै पूर्ण विश्वास गर्ने हुँदा उनीहरुमा महसुस नै छैनकी गल्ति कुन चराको नाम हो ?मञ्चमा खडा भै तथानाम बोल्दै छन् नेताहरु र त्यसको सकारात्मक ,नकारात्मक नछुट्याई तालि बजाउँदै छौं हामीहरु ।उनीहरुबाट निस्कने प्रत्येक वचनहरुनै सर्ब परिहुन भन्ने ढोगी विश्वास ;जसको परिणाम सदैब भयावह रहन्छ ।बन्द र हड्ताल तथा अत्यन्त घाती घटनाहरु नै यिनका उपज हुन् ।मन दु:ख्छ ,यत्रतत्र कोमल मनहरु कठोर बनिरहेको देख्दा ।परिवार ,समाज देखि सदन सम्म एस्तै सरकार र परिपाटी ले जगडिरहेको देख्दा ।जहाँ तहीं गुट र उपगुट ले गर्दा सक्षमता र ऊखर मन मस्तिष्कको फुट भै रहेको छ ।यहि न हो अन्धो भक्त जसको कारण गरिबी र दासतातिर धकेलिंदै छौं ।अरुबाट होइन स्वयम आ-आफ्नै भन्ने दल या नेताहरु बाट ।परिणामतः आजको नेपाल जहाँ काँध हालिरहेका छौं हामी नेपालीहरु !यो नै दरिलो उदाहरण हो ।