जिन्दगीमा नसोचेंको मिठो बहार आयो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
लाग्छ अब यहि साथलाई मैले पुज्नु पर्छ
जिउनी आखिर यौटै संग मैले बुझ्नु पर्छ
काँडा लाग्थ्यो हिजो सारा फूल बनि छायो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
जिन्दगीमा नसोचेंको मिठो बहार आयो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
लाग्छ अब यहि साथलाई मैले पुज्नु पर्छ
जिउनी आखिर यौटै संग मैले बुझ्नु पर्छ
काँडा लाग्थ्यो हिजो सारा फूल बनि छायो
बेसहारा यो जीवनले न्यानो साथ् पायो
तिम्रो शहर् छिरेपछि मैले आफ्नो नाम पाएं
सम्मान् गर्यौ, परिश्रमको गर्नलाई काम पाएं
गरिबीको, सिरोटेले, चिसियाथ्यो डडाल्नो
डडाल्नो नै पोल्नेगरि न्यानो तातो घाम पाएं
भौतारिएं सडक् गल्ली लक्ष्य खोज्दै हिडें कति
सहजै त्यो, लक्ष्य चुम्न, सक्ने सुन्दर् ठाम पाएं
नौलो नयाँ शहर् देख्दा अन्योलमा परिगाथें
आत्मियताको, बर्को ओढें, शहर् भित्रै गाम पाएं
आफ्नो सीप आफ्नो कला, बिक्दैनथ्यो हिजोसम्म
सीप चल्यो, कला बिक्यो, तातो मिठो माम पाएं
लगन आयो भन्दै लमी,तस्बिर छान्नु रे
यहि हो मौका नछोड रुम्बा,भन्या मान्नु रे
सँधै त्यसै भन्छ खालि,तस्बिर देखाउंदै
आ'को समय रोकिन्न हेर,आफै जान्नु रे
तस्बिर हेर्छु सबै मोटी,आफु परें लुरे
हुन्न भन्दा हुन्छ अरे,मायाले बान्नु रे
सागर म लहर बनि चन्द्र तिमी छुन्छु
सुस्त सुस्त पवन बनि अङ्ग तिम्रो चुम्छु
जब छुन्छु शरीर तिम्रो कम्पन् यस्तो हुन्छ
बढ्दै जाँदा दिलको धड्कन श्वास मेरो थुन्छु
अधेरीमा कहिलेकाँहि तिम्रो सामु परे
अगांलोमा बेरिएर प्रणय गीत म सुन्छु
यस्तो चाह पलायो मन्मा तिम्रो साथमै रहुँ
तन्मा तिम्रो मन्मा तिम्रो नशा नशामा हुन्छु
किन-किन तिम्रो बचन, मुटु घोच्ने तिर बन्यो
पल-पल आँखा रुजाउने, आँशुरुपी पीर बन्यो
जब तिम्रो आगमन भो, मख्ख थिएँ हर्षले म
स्वागत गरें बाग सम्झी, आफु खस्ने भिर बन्यो
लाग्थ्यो मनमा फूलहरु, फ़ूलाउल दुवै मिलि
एक-आपसमा मिल्न खोज्दा, नघोलिनी निर बन्यो
जिन्दगीको घुम्तीहरु, तिम्रै साथमा काट्छु ठान्थें
कालो बादल ओडी आज, झुकी रहने शिर बन्यो