ठुलो चाड आयो भन्छन् मलाई खुशी खासै छैन
यो दशैं नि प्रवासतिर मान्न उति चासै छैन
आशिषमा रमाउने नभा'को मन् कहाँ हो र ?
बिदेशमा अल्झिनाले स्वदेशमा बासै छैन
मिठो खाई राम्रो लाउने परदेशमा स्वप्न मेरो
कामै कामले ब्यस्त हुँदा टन्न खाने गाँसै छैन
तड्पिरा'को विदेशमा म मात्र त कहाँ हो र
साथीसंगी कसैको 'नि मुहारमा हाँसै छैन