देशको कथा सुन्दा मेरो आँखा रुन्छ कठै ।
सुस्ताको गाउँ घुम्दा मेरो छाती दुख्छ कठै ।।
गण्डकी मेरो दुखी राछ सालौ देखी हेर ।
विदेशी नङ्रा चुभ्दा मेरो छाती दुख्छ कठै ।।
पश्चिम दुख्दा पुर्व रुन्छ ब्यथा उस्तै उस्तै ।
टनक पुर गुम्दा मेरो छाती दुख्छ कठै ।।
भुगोल मेरो मिची राछ सधैं सधैं किन?
दक्षिण तिर पुग्दा मेरो छाती दुख्छ काठै ।।