मेरो प्रित एक दिन्को होइन मायाँ ।
दाँत घोची फाल्ने सिन्को होइन मायाँ ।।
ज्ञान गुन सधैं सधैं मनमा राखे ।
बिक्ने वस्तु खेस्रो बिल्को होइन मायाँ ।।
मन दुख्छ रुन्छ प्रेम धोखामा सते ।
भाँची फाल्ने सानो सिन्को होइन मायाँ ।।
गर्नु किन? झुटो बाचा स्वार्थमा आफ्नै ।
चुटी भुटी खाने तिल्को होइन माया ।।