सत्य बोल्दा बाँङिन्छौ त्यसै तिमी
रिस मानी जंङिन्छौ त्यसै तिमी
चर्ती कला देखेर दंग हुन्छु
मध्य रात नाँङिन्छौ त्यसै तिमी
दिक्क मानी जीवन देखी आँफैं
डोरी बाँधी टाङिन्क्छौ त्यसै तिमी
बुद्ध चित्त असल राखी हेर
चारै दिशा हाँङिन्छौ त्यसै तिमी
सत्य बोल्दा बाँङिन्छौ त्यसै तिमी
रिस मानी जंङिन्छौ त्यसै तिमी
चर्ती कला देखेर दंग हुन्छु
मध्य रात नाँङिन्छौ त्यसै तिमी
दिक्क मानी जीवन देखी आँफैं
डोरी बाँधी टाङिन्क्छौ त्यसै तिमी
बुद्ध चित्त असल राखी हेर
चारै दिशा हाँङिन्छौ त्यसै तिमी
आज खुट्टा समाई माफि देउ भन्छौ
नाठो सँग रमाई माफि देउ भन्छौ
भोला पन देखाइ गर्नु गर्यौ घात
रङ्ग लीला जमाइ माफि देउ भन्छौ
झुटो बाचा कसम झोटो तिमी पनि
मुटु उता थमाइ माफि देउ भन्छौ
लाज शर्म पचाइ नांग्यौ उता राती
कुल्टा नाम कमाइ माफि देउ भन्छौ
भन्छौ रुइ कराइ गल्ती भयो मेरो
सर्व थोक गुमाइ माफि देउ भन्छौ
कती मायाँ गर्छु भन्न सक्दिन नानु ।
तिम्रो लागि मर्छु भन्न सक्दिन नानु ।।
जुन तारा झार्छु भनी पार्दिन मख्ख ।
खोली साँघु तर्छु भन्न सक्दिन नानु ।।
प्रिती चोखो सङ्लो हुन्न भन्छन आज ।
तिम्रो पास सर्छु भन्न सक्दिन नानु ।।
सत्य ढाट्य छैन तिम्रो कसम भयो ।
तल वेंसी झर्छु भन्न सक्दिन नानु ।।
आशाको वेली समाई शिखर उक्ली रहें ।
जती माथि गएं आँफै फुक्ली रहें ।।
मनोकाँक्षा मेरो ठुलो सानो जे थियो ।
सधैं भरी प्राप्तिबाट फुस्ली रहें ।।
जीवनको रङ्ग फेर्ने उदात रहर मनको।
अवसर छोप्न हर नयाँ ठाउँमा झुल्की रहें ।।
जता गयो भोली पर्सी आउ भन्छन ।
फगत आश्वासनको तेन्द्रोमा उल्झी रहें ।।
समय उल्ट्यो क्यार भागी जाउ भन्छे ।
तिमी भए हुन्छ खाली जाउ भन्छे ।।
कस्तो जोस चल्या त्यो कुरकुरे वैसमा ।
अरु उपाय नचले मागी खाउ भन्छे ।।
सोच बुझ शुन्य के हुन्छ भोली ।
यौवनले उन्मत डांडा काटी जाउ भन्छे ।।
सम्झाइ बुझाइ गर्छु पैसा छैन भन्छु ।
पेवा सुन जाकट राखी जाउ भन्छे ।।
अचेल मैले होस् हराएं रे ।
निंद्रामा मध्य रात कराएं आर ।।
बोलिन सत्य तथ्य नजानी त्यसै ।
आरोप लाग्यो ब्यर्थ डराएं अरें ।।
हाँसेर बोली भला कुसारी गर्दा ।
आँखैमा राखी मन पराएं अरे ।।
लगाइ तन्त्र मन्त्र मोहनी मैले ।
उनको मन यता सराएं अरे ।।
थङ्नामा जनता सुताउने नेता खबरदार ।
बारम्बार जनता झुकाउने नेता खबरदार ।।
राजनीति छट्टाइ स्वार्थगत देश रसातलमा ।
पटपटी मुलुक फुटाउने नेता खबरदार ।।
आलोपालो लुट्याउ लुट्नसम्मा देश पाखण्डहरु ।
महाकाली गण्डकी लुटाउने नेता खबरदार ।।
लगातार कुनेता शासनमा तिम्रो परनीर्भर ।
बिकासको मुल सुकाउने नेता खबरदार ।।
तिम्रो हातमा जित्तै पर्छ मान्दिन यो ।
मेरो भागमा रित्तै पर्छ मान्दिन यो ।।
हार जितको अझै बाँकी फैसला त्यो ।
गैरी खेतको कित्तै पर्छ मान्दिन यो ।।
गाउुँ समाज जान्ने सुन्ने गवाही छ ।
पारी लोहोसें भित्तै पर्छ मान्दिन यो ।।
माने बलिया तिमी उस्तै चण्डाल छौ ।
बल हुँदैमा सित्तै पर्छ मान्दिन यो ।।
लिई आउ बर्को यता ।
जाडो भयो चर्को यता ।।
दुई आत्मा मिले पछी ।
काम छैन अर्को यता ।।
आउ मुख हेर्न मेरो ।
परी सकें फर्को यता ।।
छिट्टो गर भागनु पर्छ ।।
आयो गाउ लर्को यता ।।