दिन्छु साथ भन्छ्यौ भने आउँला त्यतैतिर
फुलमा मौरी धाए जस्तै धाउँला त्यतैतिर
एक्लै कति बिताउँछौ चिसा-चिसा रातहरु
जुग जाने माया प्रिती लाउँला त्यतैतिर
अधियाँमा कमाउला साउको बेसी खेत
खोले-फांडो बांडीचुडी खाउँला त्यतैतिर
आफ्नै भाषा,आफ्नै धर्म,आफ्नै संस्कृतिमा
झ्याउरे संगै प्रीतको गीत गाउँला त्यतैतिर