चोक-चोक र
गल्लि-गल्लीमा
मेरै छेउ भएर
गुज्रिन्छन सधैं जसो,
गुन्यु चोलिलाई चुनौती दिंदै,
उछ्रिंखल अनि
उत्तर आधुनिक ठिटीहरु,
असह्य भएर पनी...
मलाइ सप्पै अङ्ग देखिने
उनीहरुको बस्त्रमाथी
कुनै टिप्पणी गर्नु छैन...
चोक-चोक र
गल्लि-गल्लीमा
मेरै छेउ भएर
गुज्रिन्छन सधैं जसो,
गुन्यु चोलिलाई चुनौती दिंदै,
उछ्रिंखल अनि
उत्तर आधुनिक ठिटीहरु,
असह्य भएर पनी...
मलाइ सप्पै अङ्ग देखिने
उनीहरुको बस्त्रमाथी
कुनै टिप्पणी गर्नु छैन...
चरम गरिबी द्वारा
बलात्कृत हुन्छु म
प्रत्येक साँझ,
बिबशताको गर्भाधान हुन्छ
रात-रातभर,
अनि,
झिसमिसेमै भ्रुण हत्या गरिदिन्छु,
म चाहन्छु कि,
डरलाग्दो अभाब संगै
आन्दोलनकारिहरुको
पुनर्जन्म नहोस अब,
किनकि,
मेरो देश यसै तहसनहस छ !!!!